काठमाडाैं । नेपाली सेनाकाे कल्याणकारी काेषबाट सञ्चालित विजेश्वरी ज्ञान मन्दिर महाविद्यालयले बल्ल नयाँ प्रिन्सिपल पाएको छ । केही समयदेखि प्रिन्सिपल रिक्त रहेकाे थियाे ।
श्रीमती सुधा सापकाेटा प्रिन्सिपलबाट हटेपछि भाइस प्रिन्सिपल जनार्जन घिमिरेले निमित्त प्रिन्सिपल भएर विद्यालय सञ्चालन गर्दै आएका थिए । नयाँ प्रधानसेनापतिमा प्रभुराम शर्माकाे नियुक्ति भएकाे एक हप्ता मै २०७८ असाेज १ गतेबाट सेनाकाे साे विजेश्वरी ज्ञान मन्दिर महाविद्यालयकाे प्रिन्सिपलमा श्रीमती कान्ती थापा कार्की नियुक्ति भएको छ ।
काठमाडाैंकाे स्वयम्भुमा रहेकाे साे विजेश्वरी ज्ञान मन्दिर महाविद्यालयले भाैतिक रूपमा कक्षाहरू सञ्चालन नगरेतापनि विभिन्न कक्षाहरूमा भर्ना लिने, विद्यार्थी तथा अभिभावकहरूलाई अनलाइनमार्फत् अभिमूखीकरण कार्यक्रम (Online Orientation Program) सञ्चालन पनि गर्दै आएकाे थियाे ।
जुम बैठकमार्फत महाविद्यालयको कक्षा १, कक्षा २, कक्षा ५, कक्षा ६, कक्षा ७ र कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूको नियमित अभिभावक बैठक समेत गर्दै आएकाे थियाे ।
यसका साथै महाविद्यालयको कक्षा ३, कक्षा ४, कक्षा ८, कक्षा १०, र कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरूको नियमित अभिभावक जुम बैठक गर्ने कार्य पनि सम्पन्न गरेकाे थियाे ।
विजेश्वरी ज्ञान मन्दिर महाविद्यालयले कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना गर्न लिइएको अनलाईन प्रवेश परीक्षा तथा अन्तर्वार्ताको अन्तिम नतिजा समेत प्रकाशन २०७८ भदाै ४ गते प्रकाशन गरिसकेकाेछ ।



