🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली कांग्रेसको आगामी सभापति को ?

छक्क पर्नु होला धेरै जना, बिपी कोइराला न त नेपाली राष्ट्रिय कांग्रेसको प्रथम सभापति हुन् न त नेपाली कांग्रेसको नै । बिपी कोइरालाले सन् १९४७ जनवरी २५ र २६ त्यसअनुसार विक्रम सम्वत माघ १२ र १३ गते २००३  मा कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेस नाम राखी यसको स्थापन गर्दा आफ्नो नाम भन्दा माथि टंकप्रसाद उपाध्याय (नेपाल जेलमा) सभापति राखेको र आफ्नो नाम त्यसमुनि विश्वेश्वरप्रसाद कोइराला ‘कार्यकारी सभापति’ राखेको लिखित रेकर्ड प्रकाशित छ । 

यसको विस्तृत विवरण रविदेव शर्मा (तौलिहवा) प्रकाशक रहेको र त्रिभुवन विश्वविद्यालयका इतिहास विभागका उपप्राध्यापक भगेश्वर पंगेनीको ‘पश्चिम नेपालमा प्रजातान्त्तिक आन्दोलन २००६’ नामक २०५३ मा प्रकाशित पुस्तकमा पाइन्छ । भारतको सोसलिस्ट पार्टीका जयप्रकाश र डाक्टर राममनोहर लोहियाको नेतृत्वमा रही भारतीय स्वाधिनता संग्राममा सदस्य सन् १९४२ मा भारतमा जेलमा पर्नु भएको विपी कोइराला पछि सुब्बा पं.देवीप्रसाद सापकोटा सभापति रहेको ‘अखिल भारत नेपाली राष्ट्रिय कांग्रेस’ मा सामेल हुनुभयो । तर सन् १९४७ जनवरीमा ‘अखिल भारत’ शब्दहरू हटाई केवल ‘नेपाली राष्ट्रिय कांग्रेस’ स्थापना गर्नुभयो । तर देवीप्रसाद सापकोटालाई पनि काशी शाखाको सभापति राख्नु भयो । 

  त्यस १९४७ जनवरीको कलकत्ता संस्थापन भेलामा गणेशमान सिंहको उपस्थिति रहेपनि जेलबाट मागेकोले त्यस बखत उहाँ भारत निर्वासनमा पनि अर्कै नामले रहेको हुँदा पदाधिकारीमा कहीँ नाम छैन । तर डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई, कृष्णप्रसाद भट्टराई, नरेन्द्र रेग्मी, डीएन प्रधान, लीला नटेश्वर बराल, देवब्रत परियार, लाक्पा छिरिङ शेर्पा (दार्जिलिङ), नरेन्द्रकुमार प्रधानहरूको नाम भेटिन्छ । 

मातृकाप्रसाद कोइराला त झन् पिता कृष्णप्रसाद कोइराला राजनीतिक आरोप लागेर पक्राउ परी काठमाडौं पु¥याइएकै केही समय पछि ब्रिटिश अंग्रेज फरेस्ट एडभाइजर अफिसको नासुबाट जुद्धशमशेरका पालामा खोसुवा भई २००३ सालमा पद्म शमशेर श्री ३ भएपछि मोरङका बडाहाकिम भएका राम शमशेरद्वारा फेरि सुब्बाको पद दिई हिमालय अवलोकन गर्न आउन अमेरिकन टोलीको लाइजो र दोभासे भई काम गर्न खटाइएको हुनुहुन्थ्यो । 

तर बिहान विराटनगर बसेर मिल हड्तालमा भाइ विश्वेश्वर, तारिणी, गिरिजा, भान्दाईको छोरा मनमोहन, भाञ्जा युवराज र सानिमाको छोरा गेहेन्द्रहरू पक्राउ परेको साँझ कताकताबाट जोगबनीमा भएको हडतालस्थलमा मजदूरहरूको माझ तमासेझैं मातृकाप्रसाद कोइराला पुग्नुभयो । अचानक त्यो भिडभाड बालचन्द्र शर्मा (महामन्त्री) र गोपालप्रसाद भट्टराईले सदस्य नै नभएको व्यक्तिलाई उहाँलाई सोद्धा पनि नसोधी हजारौं मजदूरमाझ हडतालको नेतृत्व गर्न कार्यवाहक सभापति हुने प्रस्तावक र समर्थक भई बस्दा हडताल मजदूरहरूले थपडी बजाई अनुमोदन गरे । यस प्रकार सोचेर, जानेर र चाहेर होइन, अचानक नचिताएको समय जागिरबाट राजीनामासमेत नदिएका मातृकाप्रसाद कोइराला नेपाली राष्ट्रिय कांग्रेसको नेता÷सभापति हुन पुग्नुभयो । 

 कहिलेकाहीं सोच्दछु कुनै कुनै बिरला व्यक्तिहरूलाई पनि समयको प्रवाहले ठेलेर ठूलो बनाई दिंदो रहेछ । जागिर खाएरै बस्छु राजनीतिमा लाग्दिन भनेर बसेको मातृकाप्रसाद कोइराला विक्रम सम्वत २००० पछि फेरि दोस्रो पटक जागिर २००३ मा खोजिएको ४ वर्षभित्रै विक्रम सम्वत २००७ सालको क्रान्तिको सर्वशक्ति सम्पन्न अधिकारयुक्त सुप्रिम कमाण्डर सभापति हुन पुग्नुभयो । पद्म शमशेरको पालामा जेलबाट छुट्नु भएको बिपी कोइराला फेरि दोस्रो पटक मोहन शमशेर श्री ३ भएको समय संगठन गर्न भूमिगत काठमाडौं पुगेको समय पक्राउ पर्नुभयो । 

  विक्रम सम्वत २००५ मा फेरि नेपाली राष्ट्रिय कांग्रेसको दरभंगामा तेस्रो वार्षिक अधिवेशन महामन्त्री बालचन्द्र शर्मा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रुद्रप्रसाद गिरीहरूले आयोजित गर्नुभयो । त्यसले फेरि विपी जेलमा रहेको समय मातृकाप्रसाद कोइराललाई नै सभापति बनायो । विपी कोइराला छुटेर आएपछि फेरि २००६ साल चैत्रमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस भएर नेपाली कांग्रेस बन्ने संयुक्त अधिवेशन हुँदा प्रजातन्त्र कांग्रेसका सभापति महेन्द्र विक्रम शाहको प्रस्ताव र अरुहरूको समर्थनमा ठूलो राष्ट्रिय कांग्रेसको सभापति नै नेपाली कांग्रेसको सभापति रहने समझदारीलाई औपचारिक सम्मेलनमा दिइयो । 

   यसरी मातृकाप्रसाद कोइराला नेपाली कांग्रेसको सर्वप्रथम सभापति हुन पुग्नुभयो । विक्रम सम्वत २००७ सालमा गौरबजार दक्षिण भारतको वैरगनियामा सन् २०५० सेप्टेम्बर २६ र २७ मा आयोजित सम्मेलनले सशस्त्र क्रान्ति गर्न नेपाली कांग्रेसको कार्यसमितिलाई भंग गरेर त्यसको सट्टा सशस्त्र आन्दोलनको अवधभिरका निम्ति कसैलाई सर्वशक्तिसम्पन्न अधिकार दिने प्रस्ताव राखियो । किनभने यस्तो समय पार्टीको बैठक बसी विभिन्न कुराबारे निर्णय गर्न र परेको बेला जुनसुकै बखत निर्णय गर्न सम्भव हुँदैन थियो । मातृकाप्रसाद कोइरालाको नाम आउँदा डाक्टर केआई सिंहले विरोध गर्दै हिन्दीमा भन्नुभएछ, ‘यो बाहुनको छोरालाई राइफलमा कति गोली(टिकट) हुन्छ समेत थाहा छैन । त्यसैले पार्टीको अधिनायक अधिकार मलाई दिनुपर्छ । किनभने मसँग मिलिटरीको अनुभव छ ।’ 

तर वैरगनिया सम्मेलनले मातृकाप्रसाद कोइरालालाई सर्वशक्ति सम्पन्न सभापतिको अधिकार दियो भने माथिल्लो तहमा एउटा ३ जनाको सुप्रिम काउन्सिल गठन गरिएको थियो । पूर्वतर्फ विश्वेश्वरप्रसाद कोइराला, मध्य क्षेत्रमा सुवर्ण शमशेर र पश्चिम क्षेत्रमा मातृकाप्रसाद कोइरालाले सञ्चालन गर्ने जिम्मा दियो । 

   वीरगंजभन्दा पूर्व पूर्वी क्षेत्र, पाल्पा, भैरहवा, तौलिहवा, बुटवल चार तथा मध्य क्षेत्र र नेपालगंज, सुर्खेत, महेन्द्रनगर आदि पश्चिम क्षेत्र राखिए तापनि राजधानीदेखि पश्चिम पर्ने भएकाले पश्चिम क्षेत्र मानिएको थियो । महेन्द्रविक्रम शाह, केआई सिंह, गोपाल शमशेर, सिवी सिंह, रुपसिंह आदिले मातृकाप्रसादकै मातहत रहेर कार्यसम्पादन गर्नु भएको थियो (भवेश्वर पंगेनी पेज २७, २८) । 

  विपी कोइराला नेपाली कांग्रेस सभापति वा सभापतिको रुपमा विसं. २००९ को जनकपुर अधिवेशनबाट मात्र सभापति हुनुभएको देखिन्छ । यो वर्ष २०७८ मंसिर ९ देखि १३ नेपाली कांगे्रसको महाधिवेशन हुने निश्चित भएर यही भदौ १८ बाट वडा अधिवेशन प्रारम्भ भइसकेको छ । २७ भदौ गाउँ र नगर अधिवेशन, असोज १ र ५ जिल्ला र क्षेत्री अधिवेशन, कात्तिक १० देखि १२ प्रदेश अधिवेशन हुने कार्यक्रम प्रकाशित छ । महाधिवेशनबाट सभापति निर्वाचित हुने उम्मेदवारको घोषणाहरू पनि धमाधम भईरहेका छन् । प्रतिक्षा गरौं नेपाली कांग्रेसको आगामी सभापति को हुन्छ होला ?