काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेचीडाँडाबाट भाद्र १६ गते सशस्त्र प्रहरीले करीव ४ लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमा औषधी तथा किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधि तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश मेचीपुलबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले भाद्र १६ गते करीव २ लाख ८३ हजार रुपैयाँ बराबरको चोरीनिकासीको लत्ताकपडा बरामद गरेको छ ।
उक्त लत्ताकपडा मलंगवाबाट बरहथवातर्फ जाँदै गरेको यात्रुवाहक बसमा राखेर लैजाँदै गरेको अवस्थामा सोको विल विजक नभएको पाईएपछि बरामद गरिएको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
बिल विजक नभएको गलैचा बरामद
सर्लाही,। सर्लाही जिल्लाको हरिवन नगरपालिका १० स्थित नयाँरोड ईलाकाबाट भाद्र १५ गते सशस्त्र प्रहरीले करीव ६ लाख रुपैयाँ बराबरको १७ थान गलैचा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले एक यात्रुवाहक बसमा जाँच गर्दा उक्त गलैचाको विल विजक नभएको पाईएपछि सो गलैचा बरामद गरिएको हो । बरामद गलैचा भन्सार कार्यालय हरिवनमा बुझाईएको छ ।



