🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नवाज सरिफको राजनीति सखाप, अध्यक्ष हुन योग्य नरहेको अदालतको फैसला

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहीरहन नमिल्ने फैसला सुनाएको छ ।

सत्तारुढ दल पाकिस्तान मुस्लीम लिग — नवाज पीएमएल—एनको अध्यक्षका रुपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले स्पष्ट पारेको छ ।

स्थानीय सञ्चारमाध्यम उर्दु दुन्या टीभीका अनुसार यो फैसला गर्ने तीन जना न्यायाधीश रहेको सर्वोच्च अदालतको बेन्चको नेतृत्व पाकिस्तानका प्रधान न्यायाधीश मेन साक्विब निसारले गरेका थिए ।

जेलमा राखिएका कुनै पनि व्यक्तिले कुनै पनि आधिकारीक दस्तावेजहरुमा हस्ताक्षर गर्न नमिल्ने भएकाले सरिफले अध्यक्षका रुपमा औपचारिक रुपमा कुनै पनि निर्णय गर्न र अध्यक्षका रुपमा काम गरिरहन नमिल्ने प्रधान न्यायाधीश निसारले तर्क गरे ।

यसअघि गत वर्ष पनि पुनरावेदन अदालतले सरिफलाई भ्रष्टाचार मुद्दामा अयोग्य ठहर गरिसकेको थियो ।

पुनरावेदन अदालतको निर्णयले आउँदो मार्च ३ मा हुने पाकिस्तानी सिनेटको निर्वाचनलाई पनि प्रभावित पार्ने बताइएको छ ।