🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विभिन्न हातहतियार सहित ४ जना पक्राउ

काठमाडौं, २०७८ साउन २१ गते ।  काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको गोली ४ राउण्ड र १ थान म्याग्जिन सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं थानकोट बस्ने धादिङ गल्छी गाउँपालिका-२ घर भएका १९ वर्षीय सुजन मगर, सोही ठाउँ बस्ने २५ वर्षीय ईश्वर मगर र काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने धादिङ गल्छी गाउँपालिका-२ घर भएका २६ वर्षीय बिकेस मगर रहेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

खोटाङ, ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्क बस्ने ५४ वर्षीय निमसाङगे तामाङलाई भरुवा बन्दुक १ थान, तयारी बारुद २ सय ५० ग्राम, सोडा २ सय ५० ग्राम, सिसाको गोली २८ थान, ढुङ्गाको छर्रा ३४ थान, कराईको टुक्रा ४० थान, सलाई १ थान, गोली बनाउन प्रयोग गरीने सिसाको ३ थान सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।