🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाद्वारा पहिराे पीडितका लागि अस्थायी आवास निर्माण

काठमाडाैं । २०७७ श्रावण ३० गते सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका वडा नं.२ स्थित लिदिमा गएको पहिरोको कारण पूर्णरुपमा विस्थापित भई हाल उक्त गाउँपालिकाको वडा नं. १ स्थित बासखर्कमा अस्थायी रुपमा पालमा बसोबास गर्दै आईरहेका २८ परिवारहरु तथा विपद् जोखिममा रहेका अन्य घरपरिवारलाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यका साथ जुगल गाउँपालिका तथा नेपाल पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइको सहयोगमा बासखर्क ईलाकामा नेपाली सेनाले आफ्नो दक्ष जनशक्ति प्रयोग गरि १३ वटा अस्थायी बासस्थान निर्माण गरेको छ ।

 जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकबाट स्थानीयवासीहरुको सहभागितामा नेपाली सेनाबाट निर्माण कार्य सम्पन्‍न गराउनु हुन भनि अनुरोध भएअनुरुप  २०७८ असार १६ गतेबाट नेपाली सेनाको  गोरखबक्स गणबाट ५१ जनाको टोली (दक्ष जनशक्ति सहित) उक्त स्थानमा परिचालित भई निर्माण कार्य गर्दै आईरहेको छ ।

 साथै, कुल ४५ वटा अस्थायी घर बनाउने योजना रहेको उक्त परियोजनाको लागि आवश्यक पर्ने सम्पुर्ण निर्माण सामग्रीहरु जुगल गाउँपालिकाले उपलब्ध गराएको छ भने नेपाल पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइले प्राबिधिक सहयोग उपलब्ध गराएको छ ।

  नेपाली सेनाद्वारा गरिएका यस प्रकारका कार्यहरुले बिपद्का कारण विस्थापित भएकाहरुको लागि आवास उपलब्ध हुनुका साथै सैनिक-नागरिक सम्बन्ध थप सुदृढिकरण हुने विश्वास नेपाली सेनाले लिएको छ ।