🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

थप दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । नेपालमा थप दुई हजार ३९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ । सोमबार दुई हजार ३७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

थप सात हजार ५८ जनाको पिसिआर परीक्षण तथा तीन हजार ९५४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ६३९ तथा एन्टिजेनबाट ७५९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म ६ लाख २३ हजार १०५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । 

काठमाडौँ उपत्यकामा ५८७ सङ्क्रमित थपिए 

काठमाडौँ उपत्यकामा पछिल्लो समय ५८७ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४१०, ललितपुरमा ९७ तथा भक्तपुरमा ८० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

१२ सङ्क्रमितको मृत्यु    

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १२ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ४१२ पुगेको मन्त्रालयले जनाएको छ ।