🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं, २०७८ असार २४ गते।   काठमाडौं महानगरपालिका-२६ ठमेल जेपी मोडस्थित होटलमा तास खलिरहेको अवस्थामा होटल संचालक चिनियाँ नागरिक राहदानी नम्बर ई ९९८३३१२३ बहाक HE.XIAOLOMG समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा हारजित हुने गरी जुवातास सट्टाबाजी खेली खेलाई रहेको भन्ने बिशेष सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटीएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार रूपैयाँ तथा जुवातास खेल्न प्रयोग गरेको विद्युतिय १ थान टेबल, २ सय १० थान प्लाष्टिकको गोटी, १ सय ६० पत्ता तास, २ डिब्बा चिनियाँ लामो तास र खुल्ला अवस्थामा रहेको ७० पत्ता चिनियाँ लामो तास सहित पक्राउ गरेको हो ।

भक्तपुर, सुर्यबिनायक नगरपालिका-७ ध्याम्पे डाँडा बस्ने सन्जीब वाग्लेको घ्याम्पे आईएनएन होटलमा तास खेलिरहेको अवस्थामा वाग्ले लगायत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटीएको प्रहरीले उनीहरुलाई नगद ५८ हजार २ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१० गौरीगाउस्थित झग्गु प्रसाद बुढाथोकीको घरमा तास खेलीरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ३४ वर्षीय शरण श्रेष्ठ लगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४७ हजार १ सय २५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।