चीनको संघाईमा रहेको यो आलिशान होटलको नाम इन्टरकन्टिनेन्टल संघाई वन्डरल्याण्ड तथा सिमाओ क्वेरी होटल राखिएको छ । यो भवन १८ तले छ । यसको विशेषता भनेको अन्डरग्राउण्ड हो । यस होटलको १६ तला जमिनमुनि रहेको छ भने २ तला जमिन माथि रहेको छ । यो भवन ८८ मिटर गहिराईमा रहेको छ । यो अन्डरग्रााउण्ड होटल बनाउन २ हजार करोड खर्च र १० वर्ष लागेको थियो ।
नेशनल जियोग्राफिकले अतुलनीय आर्किटेक्चरको संज्ञा दिएको छ । यस होटललाई ब्रिटिश आर्किटेक्ट मार्टिन जोकमेनले डिजाइन गरेका हुन् । यस होटलम ३३५ कोठा, रेस्टुरेन्टहरू, रक क्लाइम्बिङ, बंजी जम्पिङका अलावा अन्य सुविधाहरू रहेका छन् ।



