🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अफगान सेना र तालिबानबीचको भिडन्तमा तीन अफगान सेनासहित २३ जनाको मृत्यु

१९ असार (रासस/सिन्ह्वा) । अफगानिस्तानको सरकारी फौज र यहाँका तालिबानहरुबीच भएको दोहोरो भिडन्तमा परी २३ जनाको ज्यान गएको छ । अफगानिस्तानको उत्तरी बादखसान प्रान्तमा सो भिडन्त भएको हो । त्यसमा परेर अरु कैयौँ व्यक्ति हराएका छन् ।  

उक्त भिडन्तमा परी तीन जना अफगानिस्तानको सेनाका सदस्य पनि मारिएका बादखसान प्रान्तका प्रान्तीय सूचना प्रमुखले बताएका छन् । सो क्षेत्रमा शुक्रबार रातिदेखि शनिबार मध्याह्नसम्म पनि भिडन्त भएको थियो । त्यसमा परेर कैयौँ तालिबान घाइते पनि भएका छन् ।

सो क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा यहाँको संयुक्त सुरक्षा फौजले हमला गरेको थियो । त्यस हमलामा परेर ती तालिबानहरु मारिएका हुन् । त्यस क्रममा तालिबानहरुले पनि सरकारी सुरक्षाफौजमाथि हमला गरेका थिए ।

ती हमलामा परेर तीनजना अफगान सेना मारिएका र अरु केही घाइते भएका थिए । सो क्षेत्रका केही समयअघि देखि ती तालिबानहरुले हिंसात्मक कारबाहीलाई जारी राखेका छन् ।
–––