🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्रीको असार १५ ज्येष्ठ नागरिकसँग

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ ज्येष्ठ नागरिकसँग मनाउनुभएको छ । सुर्खेत वीरेन्द्रनगरमा रहेको प्रशान्ति वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकसँग मन्त्री बुढाक्षेत्रीले असार १५ मनाउनुभएको हो ।

उहाँले आश्रममा रहेका २४ ज्येष्ठ नागरिकसँग दही, चिउरा खानुका साथै उहाँहरूलाई फलफूल वितरण गर्नुभएको छ । मन्त्री बुढाक्षेत्रीले नागरिकलाई सम्मानपूर्वक जीवनयापनको वातावरण बनाउने दायित्व सबैमा हुनुपर्नेमा जोड दिनुभयो ।

“मानव जीवनमा सबैले एकपटक बूढो हुनैपर्छ, यद्यपि बूढो अवस्थामा घरबाट निकाला गर्ने प्रथाले कतिपय ज्येष्ठ नागरिकले दुःख पाउनुपरेको छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थाको अन्त्य गर्ने दायित्व राज्यका सबै नागरिकको हो ।” उहाँले दुःखमा परेकालाई प्रशान्तिले आश्रय दिई पालनपोषण गरेको जनाउँदै खुशी व्यक्त गर्नुभयो ।

वृद्धाश्रमले असहाय र आफ्नैबाट हेपिएका ज्येष्ठ नागरिक राखेर पुण्यको काम गरेको भन्दै उक्त आश्रमलाई मन्त्रालयले आवश्यक सहयोग गर्ने मन्त्री बुढाक्षेत्रीको भनाइ थियो । नेपालका विभिन्न जिल्लाबाट आश्रय लिइरहे पनि भवन र संस्था व्यवस्थापनका लागि आर्थिक अभाव भएको संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।