🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लगानी कोषको एक प्रतिशत प्रतिफल प्रदान गरिने घोषणा

 

नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको सञ्चित नाफाबाट एक प्रतिशत थप प्रतिफल दिने घोषणा गरेको छ ।

अवकाश कोष सञ्चालन कार्यविधि,२०५९ अनुसार २०७७ असार मसान्तसम्मका उक्त कोषमा सहभागीहरूको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने तथा त्यसका लागि रु एक अर्ब तीन करोड विनियोजन गरिएको कोषले जनाएको छ । उक्त प्रतिफल रकम सम्बन्धित सहभागीहरूको खातामा दाखिला भइरहेको तथा उक्त कार्यक्रममा ब्याज दरको अतिरिक्त थप प्रतिफल निरन्तर रुपमा प्रदान गरिने भएको छ ।

एक प्रतिशतको प्रतिफलबाट सहभागीहरूलाई महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण परेको आर्थिक प्रभावलाई केही मात्रामा घटाउन सहयोग पुग्ने विश्वास कोषले व्यक्त गरेको छ ।