🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बूढानीलकण्ठमा कोरोना : २४ घण्टामा मृत्युदर शून्य, २७ निको भए 

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा कोरोना भाइरस संक्रमण नियन्त्रणउन्मुख देखिएको छ । सोमबार एकै दिन यहाँका २७ जना कोरोनामुक्त भएका छन् ।  

नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार, सोमबार यहाँका १३ महिला र १४ पुरुष गरी कुल २७ जना संक्रमणमुक्त भएका हुन् । योसँगै यो नगरपालिकामा कोरोना परास्त गर्नेको संख्या २ हजार ३३८ पुगेको छ । 

पछिल्लो २४ घण्टामा नगरपालिका क्षेत्रमा थप २१ नयाँ केस भेटिएका छन् । सोमबार कोरोनाको मृत्युदर शून्य रहेको नगरपालिकाले जनाएको छ । 

अब यो नगरपालिकामा संक्रिय संक्रमितको संख्या १६१ छ । यसमा १३१ होमआइसोलेसन र ३० विभिन्न अस्पतालमा उपचाररत रहेको बताइएको छ ।