काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा कोरोना भाइरस संक्रमण नियन्त्रणउन्मुख देखिएको छ । सोमबार एकै दिन यहाँका २७ जना कोरोनामुक्त भएका छन् ।
नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार, सोमबार यहाँका १३ महिला र १४ पुरुष गरी कुल २७ जना संक्रमणमुक्त भएका हुन् । योसँगै यो नगरपालिकामा कोरोना परास्त गर्नेको संख्या २ हजार ३३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नगरपालिका क्षेत्रमा थप २१ नयाँ केस भेटिएका छन् । सोमबार कोरोनाको मृत्युदर शून्य रहेको नगरपालिकाले जनाएको छ ।
अब यो नगरपालिकामा संक्रिय संक्रमितको संख्या १६१ छ । यसमा १३१ होमआइसोलेसन र ३० विभिन्न अस्पतालमा उपचाररत रहेको बताइएको छ ।



