🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

छब्बिस वर्षीया महिला १७ दिनदेखि  बेपत्ता

जलेश्वर।महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् । स्थानीयवासी मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ ।

जिल्लाकै पिपरा गाउँपालिका–६ रतौली माइती रहेको सुजिताकी आमा सुनिता पाण्डेय र दाजु जितेन्द्रले सुजिताको हत्या गरेको आरोप लगाएका छन् । जितेन्द्रले बहिनीका देवर रुपेशले आफूलाई फोनमा बहिनीलाई मारेको स्वीकार गरेको र मारेर उनलाई भ्रमरपुरा गाउँको मनरहिया वनमा खाल्डो खनी गाडेको आरोप लगाउनुभयो । 

प्रहरी उपरीक्षक दिनेश आचार्यले महिला हराएको जानकारी शुक्रबार मात्रै पाएको बताउनुभयो । उहाँले महिला हराएको जानकारी पाउनासाथ अनौपचारिक रुपमा खोजतलासको प्रक्रिया अगाडि बढाइएको र केही मानिसलाई ल्याएर सोधपुछ पनि गरेको जानकारी दिनुभयो ।