🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी : केही बेर उडान प्रभावित

काठमाडौँ, १ फागुन (रासस) : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा आगलागी हुँदा केही बेर उडान प्रभावित भएको छ । 

आन्तरिकतर्फको कार पार्किंग नजिक गल्फ कोर्षसँगै रहेको फोहरको डंगुरमा अपराह्न ४ः३० बजे आगलागी भएको थियो । आगलागीका कारण नौ मिनेट विमानस्थलबाट हुने सबै उडान अवतरण रोकिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । 

“विमानस्थलको पश्चिम क्षेत्रको गल्फ कोर्ष नजिकैको फोहरमा धुवाँको मुस्लो देखियो । लगत्तै विमानस्थलकै दमकलको सहायताले आगो नियन्त्रणमा लिइयो अहिले सबै उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ,” उनले भने  । 

प्रवक्ता ठाकुरका अनुसार आगलागीको यकिन कारण पत्ता नलागे पनि पशुपति क्षेत्र नजिकै भएको र आज शिवरात्रिको पर्व परेकाले लागुऔषध दुर्ब्यसनीकर्ताका कारण आगलागी हुनसक्ने अनुमान गरिएको छ । 
–––