🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मुख्यमन्त्री नियुक्तिका लागि आह्वान

जनकपुरधाम, फागुन १ गते। (रासस) : प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आगामी फागुन ३ गतेभित्र मुख्यमन्त्री नियुक्तिका लागि राजनीतिक दललाई आह्वान गरेका छन्  । 

प्रदेश प्रमुख कार्यालयद्वारा माघ २९ गते  जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ उपधारा (१) बमोजिम प्रदेश नं २ को प्रदेशसभामा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नरहेकाले मुख्यमन्त्री नियुक्तिका लागि सोही धाराको (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गर्नुभएको उल्लेख गरिएको छ । 

प्रदेश प्रमुख कार्यालय सचिव लावण्यकुमार ढकालका अनुसार प्रदेश प्रमुखबाट दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई सो अवधिभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरिएको हो । 
–––