🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

माधव समूहले प्रधानमन्त्रीलाई भन्यो– महतोको अभिव्यक्तिबारे प्रष्ट पार

काठमाडौं । नेपाललाई बहुराष्ट्रिय राज्य बनाउनु पर्ने र त्यसका लागि मुक्ति आन्दोलन गर्ने उपप्रधानमन्त्री राजेन्द्र महतोको भनाइप्रति नेकपा एमालेको माधव नेपालपक्षीय १५ नेताले आपत्ति जनाएका छन् । साथै उनीहरूले यसबारे स्पष्ट पार्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । 

\"No

महतोले शुक्रबार उपप्रधानमन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा नेपाललाई बहुराष्ट्रिय राज्य बनाउनुपर्ने र त्यसका लागि मुक्ति आन्दोलन गर्ने बताएका थिए । शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पनि महतोले यही भनाइ दोहोर्याए । 

माधवपक्षीय १५ नेताले यसलाई संविधानविरोधी अभिव्यक्ति भएको जनाउँदै निन्दा गरेको छ । संविधानविरोधी अभिव्यक्ति दिएकाले देशभक्त नेपालीलाई स्वीकार्य नहुने एमाले नेताहरूको भनाइ छ । 

'महतोको अभिव्यक्ति कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन। उपप्रधानमन्त्रीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौं,’ माधवपक्षीय १५ स्थायी कमिटी सदस्यद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।