🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उपनिर्वाचन २०७६ : मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं, कात्तिक २१ । आगामी मङ्सीर १४ गते मोरङ जिल्लामा हुने एक वडाध्यक्ष पदको उपनिर्वाचनका लागि  मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

 धनपालथान गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि हुने मतदानका लागि जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो । उक्त कार्यालयले यही कात्तिक २७ गते मनोनयन पत्र दर्ताका लागि आह्वान गर्ने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो ।
    

उक्त निर्वाचनमा वडाका एक हजार ९२७ महिलासहित  चार हजार ७४ मतदाताले आफ्नो जनप्रतिनिधि चुन्ने छन् । वडाध्यक्ष तत्कालीन नेकपा ९एमाले०तर्फबाट विजयी बलिराम  भगतको २०७५ जेठ २४ गते मृत्यु भएकाले सो स्थानका लागि उपनिर्वाचन हुन लागेको हो । जिल्लामा २०७६ साउन १७ गतेसम्ममा महिला तीन लाख ३० हजार, तेस्रो लिङ्गी दुई गरी जम्मा छ लाख ७२ हजार ९७५ मतदाता छन् ।