🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 सडक पाइलटसँग अन्तरंग : कोही भगवानजस्ता कोही भेंडाजस्ता–लक्ष्मण केसी

(सुखी मानिस त्यो हुन्छ जसले आनन्द लिएर काम गर्न सक्छ । आफूले खोजेको चिज पाएपछि पनि मानिस आनन्द लिन सक्छ । जसले आनन्द लिन सक्छ उसको जीवन सुखमय हुन्छ । मानिसले खुशी खोज्ने चिज पनि यही नै हो । दुवै हातमा लड्डु लिएर गाडीको स्टेयरिङ समाइरहेका युवामा पर्छन् लक्ष्मण केसी । रामेछाप मन्थली नगरपालिकाका लक्ष्मणको अर्को रोचक पक्ष उनको जुम्ल्याहापनको पनि हो । उनका जुम्ल्याहा दाइ राम पनि गाडी नै हाँक्छन् । लक्ष्मणले आफूले खोजेको कुरा पाउनलाई सजिलो भने भएन । तर ‘जहाँ इच्छा तहाँ उपाय’ भनेपछि त उनले चिताएको नपुग्ने कुरै भएन । कसरी पूरा भयो त ? सडक पाइलटसंगको अन्तरड्डमा साँघु प्रतिनिधिले तिनै बा १ ख ९९५० नम्बरको बसका चालक २४ वर्षे युवा लक्ष्मणसंग गरेको कुराकानीको यो मुख्य अंश–सम्पादक)

० गाडी चलाउन कहिलेदेखि थाल्नुभयो नि ? 
–गाडी लचाउन थालेको त पाँच वर्ष भयो ।

० कसरी आउनु भयो त गाडी लाइनमा ? 
–मेरो जीवनको लक्ष्य नै गाडी चलाउने थियो । त्यही पूरा भयो भन्नुप¥यो । त्यसका लागि मैले साँढे दुई वर्ष जति ढोकामा बसेर गाडी लाइन के हो त भन्ने सिकें । त्यसपछि गाडी चलाउन थालें । गाडी चलाएको पनि साँढे दुई वर्ष भइसक्यो । 

० त्यसभन्दा अगाडि नि ? 
आठ कक्षा पढ्दापढ्दै छाडियो । साथीहरूको संगत पनि त्यस्तै प¥यो । उनीहरूको लहलहैमा ०६४ सालमा काठमाडौं आइपुगें । त्यसपछि पेट्रोल पम्पमा काम गर्न थालें । मैले काठमाडौंको बन्दना पेट्रोल पम्पमा साँढे तीन वर्ष जति काम गरें । तर त्यहाँ साहुजी एक्सचेन्ज हुँदा केही समय काममा अलमल भयो । अनि त्यसलाई छाडेर नेपाल यातायातमा छिरें । पहिले ढोकामा बसें अनि त्यहीं मेरो प्रमोशन भयो भन्नुपर्ला । गाडी चलाइरहेको छु । 

० नेपाल यातायातको अस्थायी कि स्थायी ? 
–म अहिले अस्थायी हुँ । दुई महिना गाउँमा गएर बसेको थिएँ । त्यसैले अस्थायी हुनुप¥यो । पहिले स्थायी थिएँ । फेरि स्थायी बन्छु । स्थायी भएपछि हामीलाई सेवा सुविधा बढी आउँछ । बिरामी भए पनि हामीले उपचार खर्च पाउँछौं । यो यातायात अन्यत्रतिर भन्दा राम्रो छ । हामीलाई कुनै आपत् परे वा सानातिना समस्या समितिले नै हेरिदिन्छ । 

० कति रुपैयाँ दिनुपर्छ दैनिक ? 
–हामीले यातायात समितिलाई दैनिक ६२५ रुपैयाँ दिन्छौं । त्यस्तै संगठनलाई ३० रुपैयाँ (कर्मचारीलाई २० रुपैयाँ गरी ५० रुपैयाँ ) दिन्छौं । समितिले दुर्घटना पर्दा सबै सहयोग गर्छ । संगठनले कागजपत्र मिलाउनेदेखि ट्राफिक प्रहरीले लगे ल्याइदिन्छ । 

० ट्राफिक प्रहरीले दुःख दिन्छ र ? 
–ट्राफिक प्रहरीले त अति दुःख दिन्छ नि । लोकल गाडीले पनि नियम मिच्छ अनि त्यसको बदलामा हामीलाई पनि कार्वाही गर्छ । हामीले गल्ती नगरे त उसले हामीलाई किन समाउन सक्थ्यो र ? तर ट्राफिक प्रहरीहरूको कार्वाही पनि मनपरी नै छ । 

० यात्रु कस्ता छन् नि ? 
–यात्रु पनि त्यस्तै छन् । गजबका छन् । कोही भगवानजस्ता अनि कोही भेंडाजस्ता । कोही भनेको मान्ने । कोही भेंडाजस्तो रटान लगाउने । रोक्नु हुन्न भन्ने ठाउँमा जबर्जस्ती रोक्नैपर्ने । कोही त दादागिरी नै गर्न खोज्ने । कोही त जिन्दगीभर अब तेरो गाडी चढ्दिन भन्छन् । 

० यो लाइन चाहिंं कस्तो छ नि ? 
–ठीकै छ लाइन त । यो लाइनलाई त किन दोष दिने । आफू जस्तो बन्न चाह्यो त्यस्तै हुने हो यो लाइन । कोही राम्रा पनि छन् । कोही खराब पनि छन् । कोही त गाडी नै तेस्र्याएर झगडा पनि गर्छन् । त्यसैले राम्रो नराम्रो आफूमा भर पर्छ । 

० के रहेछ त ड्राइभरको जिन्दगी ? 
–मैले त इन्ज्वोइ गरिरहेको छु । म सानोमा छँदादेखि नै ड्राइभर बन्ने रहर थियो । त्यो भएको छु । रमाइलो छ । 

० कुनै दुःख छैन ? 
–दुःख छैन । आफूले जे काम गरिन्छ त्यसलाई मन पार्न थालियो भने रमाइलो हुन्छ । मैले पनि योगदान दिएको छु जस्तो लाग्छ । ड्राइभर बनेर मलाई कुनै पछुतो छैन । 

० के छ त भोलिको इच्छा ? 
–दुई चार वर्षपछि आफै गाडी किनेर चलाउने मन छ । आफैले रोजेको लाइन हो । 

० विदेशतिर जाने सोच ? 
विदेशतिर जाने सोच छैन । मिहिनत गरे यहीं नै छ विदेशको पैसा । 

० यो लाइनमा आउन चाहनेलाई के भन्नुहुन्छ ? 
–यो आपूm र परिवार पाल्न रोजगारीका लागि राम्रो लाइन हो । मिहिनत गरे पैसा कमाउन सकिन्छ । मैले दुई÷तीन जना भाइलाई यो लाइनमा ल्याइसकें । म जुम्ल्याहा । म भाइ । मेरो दाइ राम पनि यही लाइनमै हुनुहुन्छ । 

० दुर्घटना भएको छ ? 
दुर्घटना त भएको छैन । भाग्यले अहिलेसम्म केही भएको छैन । मैले नियन्त्रण गर्न सक्ने गाडी मात्र चलाउँछु । हो, गाडी दुर्घटना धेरै भएका छन् । आपसी प्रतिस्पर्धादेखि संयम भएर, नियन्त्रण गर्न नसक्ने गतिमा गाडी हाँक्दा दुर्घटना हुन्छ । 

० यात्रुलाई ठक्कर दियो भने ब्याक गरेर किच्छन् भन्छन् नि ? 
–त्यो त थाहा भएन । त्यसो गर्नु हुँदैन । कसैले गरेका छन् भने त्यो ठूलो गल्ती हो ।

 
० राजनीति मन पर्छ कि पर्दैन त ? 
राजनीति चाहिं मन पर्दैन । तर, मैले भोट हालेको छु । एमालेले केही गर्छ कि भन्ने आशाले भोट हालेको हुँ । देश र जनताका लागि कामै नगर्ने कुनै पनि नेता मन पर्दैन । सबै नेता अति नै स्वार्थी भए । अब बन्ने नयाँ सरकारले देश र जनताका लागि राम्रो राम्रो काम गरे हुन्थ्यो भन्ने लागेको छ ।