विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोराना भाइरसका नयाँ भेरियन्टहरूको छुट्टै नाम दिने भएको छ । विश्वका विभिन्न मुलुकमा यो भाइरसका नयाँ भेरियन्ट देखापर्न थालेपछि डब्लूएचओले त्यसको अलग नाम दिन लागेको हो ।
अहिलेसम्म बेलायत, दक्षिण अफ्रिका र भारतमा कोरोनाका नयाँ भेरियन्ट देखापरेका छन् । भियतनाममा भेटिएको भेरियन्ट पनि अलग भएको बताइएको छ । अहिले भेटिएका र आगामी दिनमा भेटिने सबैलाई डब्लूएचओले अब ग्रिक वर्णमालाका अक्षर प्रयोग गरेर चिनाउनेछ ।
यसअघि गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको भेरियन्टलाई भारतीय भनिएकोपछि आलोचना भएको थियो । पहिले भेरियन्ट पत्ता लागेको ठाउँबाट चिनाउने प्रणालीले स्थानविशेषविरुद्ध विभेदपूर्ण भावना विकसित गराएको भन्दै डब्लूएचओले यसलाई परिमार्जन गरेको हो ।
अब यूके भेरिअन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनिनेछ।



