🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हेटौंडाका नेताहरुले गरेको “काले-काले मिलेर खाउँ भाले” निर्णयको विरोध

हेटौंडा, माघ २९ \\  अत्यधिक छुट र विशेष सुविधामा सांसदहरुलाई हेटौंडा नगर विकासको घडेरी उपलब्ध गराउने निर्णयलाइ विवेकशील साझा पार्टीका सांसदहरुले विरोध गरेका छन् ।

हेटौडा उपमहानगरपालिका मेयर हरिबोल महतको पहलमा नगरविकास समितिले अत्यधिक छुट गरेर, चलनचल्तिको मोलभन्दा कैयौं गुना कम मोलमा प्रत्येक सांसदलाइ १० धुर घडेरी दिने निर्णय गरेको थियो। भारी छुट गरेको मूल्य (करिब-करिब सित्तैं) पनि कार्यकालभरीमा आरामले, बिस्तारै, किस्ताबन्दीमा तिरे हुने निर्णय गरिएको थियो।  

 “घुस, कमिशन भन्दापनि नीतिगत भ्रष्टाचार भयङ्कर हुन्छ। यो ‘काले-काले मिलेर खाउँ भाले’ कै पुनरावृत्ति हो”  विवेकशील साझा पार्टीका नेताले भने।