🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

२० लाख ठगी गर्ने समूहका चारजना पक्राउ

काठमाडौँ, २८ माघ (रासस) :  बजार भाउभन्दा सस्तोमा सुन दिन्छु भनी प्रलोभनमा पारी रु २० लाख लिएर सुन नदिई ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट २० लाख ५० हजार र बा ११ च ७६४२ नम्बरको स्विफ्ट गाडीसहित उनीहरु पक्राउ परेका हुन् ।

सो क्रममा पक्राउ परेका दाङ, घोराही घर भई काठमाडौँ, बूढानीलकण्ठ बस्ने नरेन्द्र महराको साथमा रहेको मोबाइलको फोटो ग्यालरीमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालाको फोटो देखिएपछि सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा रेडपाण्डाको एक थान छाला बोकी हिँडेको अवस्थामा चितवन, कालिका नपा वडा नं १ घर भई काठमाडौँ, टेुकमा बस्ने भरत विलाश पराजुलीलाई कपनको शिव मन्दिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने अन्य व्यक्तिमा दार्चुला, भगवती–४ घर भई ललितपुर बुंमतीमा बस्दै आएका इन्द्रसिंह धामी र भूपेन्द्रसिंह धामी छन् । मुलुकी ऐन ठगीको महलबमोजिम ठगी गर्नेबाट बिगो भराई बिगोबमोजिम जरिवाना र पाँच वर्षसम्म कैद हुने व्यवस्था छ ।
–––