🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टोखामा आजदेखि बिस्केट जात्रा शुरु

काठमाडौँ, १ वैशाख (रासस) : काठमाडौँको उत्तरी भेगस्थित टोखामा आजदेखि बिस्केट जात्रा शुरु भएको छ । 

प्रत्येक वर्ष वैशाख १ गतेदेखि ४ गतेसम्म गरिने जात्रामा स्थानीय कुमारी र गणेशलाई खटमा राखेर नगर परिक्रमा गराउने गरिन्छ । जात्राका लागि स्थानीय गणेश मन्दिर नजिकैको ठनेलाक्षी चोकमा गत साता लिंगो ठड्याइएको थियो । 

उक्त टोलमा गणेश, चण्डेश्वरीलगायत देवीदेवतालाई सिन्दूर हालेर जात्रा निकालिनुका साथै स्थानीय विभिन्न देवदेवीको पूजा जात्रा अवधिभर गरिन्छ । यहाँको बिस्केट जात्रामा भक्तपुरको जस्तो जिब्रो छेड्ने परम्परा छैन । 

प्राचीन समयमा यहाँको बस्तीमा विभिन्न खराब शक्तिले सर्वसाधारण जनतालाई दुःख दिन थालेपछि उनीहरुलाई सुरक्षित बनाउन सो जात्राको प्रचलन शुरु गरिएको जनविश्वास रहेको जात्रा व्यवस्थापन समितिका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिए।  

उनले जात्रालाई व्यवस्थित र सभ्य बनाउन जात्रा स्थलको आसपास क्षेत्रमा रक्सी तथा मदिराजन्य वस्तु खरिद बिक्रीमा प्रतिबन्ध लगाइएको बताउँदै स्वयंसेवकलाई सशक्त बनाइएको बताए  । 

यसैबीच स्थानीय सपनतीर्थमा स्नान गर्नका लागि २०७५ बैशाख १ गते  यहाँ विशेष मेला लागेको छ । मेला भर्नका लागि काठमाडौँ तथा आसपास क्षेत्रबाट भक्तजनको आउने क्रम जारी छ । उनीहरुको व्यवस्थापनका लागि सुरक्षाकर्मी, स्थानीय क्लब तथा स्थानीय संघसंस्था क्रियाशील छन् । 

वैशाख १ गतेको दिन यहाँ स्नान गरेमा कुनै पनि चर्मसम्बन्धी रोग नलाग्ने विश्वास छ । यहाँ प्राचीन समयदेखि सुसंस्कृत मानव सभ्यताको बसोबास रहेको तथ्य फेला परेको बताइएको छ । 
–––