🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ, ९ जेठ (रासस) । नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै  प्रतिनिधिसभा विघटन गरिएको जनाउँदै त्यसविरुद्ध राजनीतिक एवम् कानूनी उपचार खोज्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जेठ ८ गते बसेको स्थायी समितिको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सबै राजनीतिक दल, नागरिक समाज तथा सरोकार पक्षसँग मिलेर संयुक्त संघर्ष गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

\"No

(तस्बिर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बानेश्वरमा बसेको २०७८ जेठ ८ गते  विपक्षी दलहरुको बैठकमा सहभागीपछि पत्रकारसँग कुराकानी गर्दै । तस्विर : रोशन सापकोटा, रासस)

\"No

प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभा विघटन र कोरोना कहरमा गरिएको चुनाव घोषणा असंवैधानिक र निरंकुश भएको बैठकले ठहर गरेको जानकारी दिनुभयो । उहाँले गत पुस ५ गतेजस्तै प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गरेको र नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै पनि राष्ट्रपतिले त्यसलाई ध्यान दिन नसकेको आरोप लगाउँदै  त्यसविरुद्ध अग्रगमनका पक्षधरसँग एकताबद्ध भई राजनीतिक र कानूनी संघर्ष अगाडि बढाउने निर्णय गरिएको बताउनुभयो ।