🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

डब्लूएचओले भन्यो– भारतजस्तै नेपाल र श्रीलंकाको हालत पनि खराब

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतजस्तै नेपाल, श्रीलंका, थाइल्याण्डलगायत देशमा कोरोना भाइरसको अवस्था भयावह बनेको निचोड निकाल्दै चिन्ता जायर गरेको छ । 

डब्लूएचओका प्रमुख डा. टड्रोड एड्नोम गेब्रिएसेसले पत्रकार सम्मेलन गर्दै कोरोना भाइरस संक्रमणले भारतसहित नेपाल, श्रीलंका, थाइल्यान्ड, भियतनामको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताएका छन् । संक्रमण बढेपछि यी सबै देशको स्वास्थ्य प्रणालीले नधानेको ठम्याइ डब्लूएचओको छ । 

डा. टेड्रोसले भनेका छन्, ‘भारतसहित नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड, इजिप्टलगायतका देश बेस्सरी कोरोनाको चपेटामा परेका छन् । यी देशको स्वास्थ्य सेवाको अवस्था खराब छ ।’ 

टेड्रोसका अनुसार भारतको अवस्था अझै बढी खराब छ । यहाँका राज्यमा अहिले पनि कोरोना संक्रमण दर घटेको छैन । संक्रमण दर उकालो लागिरहँदा भर्ना हुनकै लागि बिरामीले संघर्ष गर्नुपर्ने अवस्था रहेको विश्व स्वास्थ्य संगठनको भनाइ छ । 

डब्लूएचओका अनुसार, भारतमा उपचार नपाएर मर्नेको संख्या पनि उत्तिकै छ । 

गत वर्षको डिसेम्बर १९ मा संक्रमित हुनेको संख्या भारतमा एक करोड थियो । पछिल्लो ६ महिनामा यो संख्या दोब्बरले बढेर २ करोड पुगेको बीबीसीले जनाएको छ । शुक्रबार मात्रै यहाँ तीन लाख ४० हजार नयाँ संक्रमित थपिए । 

एसियामा कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहर धेरै खतरनाक देखिएको टेड्रोसले बताएका छन् । ‘भारतमा कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहर निकै भयानक र खतरनाक देखिएको छ । धेरै राज्यमा संक्रमण र मृत्यु दर बढिरहेको छ । जसविरुद्ध लड्न डब्लूएचओले भारतलाई सघाइरहेको छ ।’ 

टेड्रोसका अनुसार, अहिले डब्लूएचओले भारतलाई महामारीमा सहायता गर्न अक्सिजनका हजारौं कन्सन्ट्रेटर्स उपलब्ध गराइरहेको छ । मोबाइल अस्पतालका लागि टेन्ट, मास्क र अन्य मेडिकल सामग्री पनि नियमित आपूर्ति भइरहेको छ । 

एसियाका अतिरिक्त ल्याटिन अमेरिका, अफ्रिकालगायत देशमा पनि कोरोनाको नयाँ मामला देखापर्न थालेको डब्लूएचओले जनाएको छ ।