🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ओली तेस्राेपटक प्रधानमन्त्रीमा नियुक्त, सपथ भोलि 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । 

०७८ वैशाख २७ मा प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर ओली पदमुक्त भएपछि सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी थिइन् । जसको समयसीमा अहिले राति ९ बजे सकिँदैछ । तर सरकार निर्माण गर्न तम्सिएको कांग्रेसले नै दाबी पेस नगर्ने निर्णय गरेको छ । 

\"No

यो अवधिमा कुनै पनि दलले प्रधानमन्त्री दाबी नगरेपछि संविधानको धारा ७६(३) अनुसार पुनः ओली नै प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । संविधानको धारा ७६(३) मा दुई वा सोभन्दा बढी दलले बहुमतीय सरकार बनाउन नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दललाई प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रावधान रहेकाे  छ । 

अब राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज राति वा भोलि बिहानसम्म प्रधानमन्त्रीमा नियुक्त गरिनेछ । प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यो उनको तेस्रो कार्यकाल हुनेछ । सपथ ग्रहण २०७८ वैशाख ३१ गते  शुक्रबार दिउँसो २ देखि ४ बजेसम्ममा हुने सम्भावना छ । 

संविधानको धारा ७६ (३) अनुरूप बनेका प्रधानमन्त्रीले नियुक्ति भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।