🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भन्सार छलीको ६ लाखका लत्ताकपडा गाडीसहित बरामद

काठमाडाैं । भन्सार छली चोरी पैठारी भइरहेकाे भन्ने सूचनाका आधारमा  जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी  परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा २०७८ वैशाख २९  गते बीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डक चोकमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले ना.१ ज ८२८७ नम्बरको म्याजिक गाडीमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका सामान बरामद गरेकाे छ । 

  बरामद गरिएकाे कपडाहरूरकाे अन्दाजी मूल्य रू.१,१३,४००।–( एक लाख तेह्र हजार चार सय) बराबरका कुर्ता सुरुवाल, साडी तथा ब्लाउजको कपडा रहेकाे प्रहरीले बताएकाे छ ।

 पक्राउ पर्नेमा गाडी चालक जिल्ला बारा जितपुर उ.म.न.पा. वडा नं. ७ बस्ने वर्ष २१ को जियाउल हक खानलाई गाडीसहित नियन्त्रणमा लिई गाडीसमेत कुल रू.६,१३,४००।– मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वैशाख २९ गते नै  मानिस, गाडी तथा कपडा बीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साले दिएकाे छ ।