🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भुर्तेल आइसिसीको महिनाको उत्कृष्ट खेलाडीका मनोनयनमा

काठमाडौँ, २३ वैशाख (रासस) : नेपाली युवा क्रिकेट खेलाडी कुशल भुर्तेल अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को महिनाको उत्कृष्ट खेलाडीको पुरस्कारका लागि मनोनयनमा पर्नुभएको छ ।  आइसिसीले अप्रिलको उत्कृष्ट खेलाडीका लागि उहाँलाई मनोनयन गरेको हो । 

पहिलो पटक नेपाली क्रिकेट खेलाडी सो पुरस्कारको मनोनयनमा पर्नुभएको हो । भुर्तेलसँगै पाकिस्तानका फखर जमान र बाबर आजमलाई सो पुरस्कारका लागि मनोनयन गरिएको आइसिसीले जनाएको छ । यही वैशाख पहिलो साता नेपालमा भएको त्रिदेशीय टी–२० सिरिजमा नेपालका लागि २४ वर्षीय भुर्तेलले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । 

नेपाल, मलेसिया र नेदरल्याण्डस सम्मिलित सो सिरिजको उपाधि नेपालले जितेको थियो । सिरिज जिताउनमा उहाँको ठूलो योगदान थियो । भुर्तेलले टी २० क्रिकेटको डेब्यू खेलमै लगातार तीन अर्धशतक बनाउने विश्व कीर्तिमानसमेत बनाउनुभएको थियो ।

उहाँले सो प्रतियोगिताभर पाँच अर्धशतकसहित सर्वाधिक २७८ रन बनाउनुभएको थियो । । भुर्तेल प्लेअर अफ दि सिरिज घोषित हुनुभएको थियो । उहाँले नेदरल्याण्डसविरुद्धको पहिलो खेलमा ६२, मलेसियाविरुद्धको खेलमा ६१, नेदरल्याण्डसविरुद्धको दोस्रो खेलमा ६२ तथा नेदरल्याण्डससितको फाइनल खेलमा ७७ रन बनाउनुभएको थियो । 

सिरिजमा गरिएको प्रदर्शनका आधारमा उहाँ पहिलो पटक आइसिसीको टी–२० वरियतामा ९३ औँ स्थानमा पर्न सफल हुनुभएको थियो । आइसिसीले जारी गरेको अर्को वरियतामा भुर्तेल ६१औँ स्थानमा उक्लिनुभएको थियो ।

यसैगरी पुरस्कारका लागि मनोनीत पाकिस्तानका जमानले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजमा ३०२ रन बनाउनुभएको थियो । सोक्रममा उहाँले  दुई शतकसमेत बनाउनुभएको थियो । मनोनयनमा पर्नुभएका आजमले दक्षिण अफ्रिकाविरुद्ध सोही एकदिवसीय सिरिजमा २२८ रन बनाउनुभएको थियो । पुरस्कारको घोषणा यही २०७८ वैशाख २७ गते गरिने छ ।  
–––