🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतमा पेट्रोल, डिजेलको मूल्यवृद्धि

नयाँ दिल्ली, २२ बैशाख (रासस/पिटिआई) –  भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । 

बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने

डिजेलको मूल्य भारु ८१.१२ रहेको छ ।

भारतीय तेल कम्पनीहरुले मङ्गलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मङ्गलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो ।

सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१.५८ र डिजेलमा भारु १९.१८ ले वृद्धि गरिसकेका छन् ।
––