🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जबरजस्ती करणी अभियोगमा २ जना  र यौन दुर्व्यवहारकाे  अभियोगमा  एकजना पक्राउ

रुपन्देही, २०७८ वैशाख २२ गते ।  २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका-१ बाईपास डेरा गरी बस्ने भारत घर भएका २८ वर्षीय गोबिन्द हरिजनलाई वैशाख २० गते सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

गोबिन्दले आफ्नै कोठामा लगेर ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ।

बारामा पनि जबरजस्ती करणी अभियोगमा पक्राउ

बारा, २०७८ वैशाख २१ गते । सत्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा निजगढ नगरपालिका-७ बस्ने बारागढी गाउँपालिका-२ घर भएका ३५ वर्षीय हितलाल हजरालाई वैशाख २१ गते  मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हितलालले ती किशोरीलाई विवाह गर्छु भनि ललाई फकाई निजगढ नगरपालिका-७ स्थित केरा बारीमा वैशाख १७गते  शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी समाचारमा उल्लेख छ।

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

ओखलढुंगा, २०७८ वैशाख २२ गते । प्रहरी समाचार अनुसार, १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सुनकोशी गाउँपालिका-४ डिन्डुक टोल बस्ने ५० वर्षीय सुइमरे भन्ने राजेन्द्र राईलाई वैशाख २० गते सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राजेन्द्रले ती किशोरीलाई गत बुधबार यौन दुर्व्यवहार गरेको भने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।