🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आइपीएलको सट्टेबाजी गर्ने र जुवा खेलाउने मास्टर एजेन्ट नै पक्राउ

रौतहट, २०७८ वैशाख १८ गते।  अनलाईनमार्फत आर्थिक कारोबार गरी आईपीएल सट्टेबाजी तथा जुवा खेलाउने गरेको अभियोगमा गौर नगरपालिका-१ बस्ने २६ वर्षीय सुधिर कुमार जैसवाललाई सट्टाबाजी गर्न प्रयोग गरेको मोबाईल सहित २०७८ वैशाख १६ गते बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

उनको यूनिभर्सल मोबाइल एसेसोरिज पसलमा Diamond EXTH अनलाइन मार्फत आइपीएलको सट्टेबाजी गर्ने र जुवा खेलाउने मास्टर एजेन्टको रुपमा कारोबार गर्दै आईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले अनलाईन मार्फत ४८ जनाको समूह बनाई सट्टबाजी गरी १७ लाख ३९ हजार ६ सय ४० रुपैयाँ बराबरको सट्टाबाजी जुवा खेलाएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनी उपर जुवा खेल्न वा सट्टेबाजी गर्ने नहुने अन्तर्गतको कसूरमा ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।