🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निषेधाज्ञामा बन्दीप्रत्यक्षीकरण र कोभिडसम्बन्धी रिट दर्ता हुने 

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञाको समयमा पनि बन्दीप्रत्यक्षीकरण र कोभिड–१९ महामारीसँग सम्बन्धित रिट निवेदन दर्ता गरेर सुनुवाइ गर्ने भएको छ । तर सुनुवाइका क्रममा मुद्दाका १/१ जना पक्ष र कानून व्यवसायी मात्र उपस्थित हुन पाउने छन् । 

सर्वोच्चले नेपाल बार एसोसिएसनलाई एक लेख्दै बन्दीप्रत्यक्षीकरण र कोभिड–१९ महामारीसँग सम्बन्धित अत्यन्त गम्भीर प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट दर्ता गरेर सुनुवाइ हुने जनाएको छ । 

सर्वोच्चले बारलाई लेखेको पत्रअनुसार, बन्दीप्रत्यक्षीकरण र कोभिड–१९ महामारीसँग सम्बन्धित रिट निवेदन बिहान ११ बजेदेखि ३ बजेसम्म दर्ता हुनेछ । बन्दीप्रत्यक्षीकरणको निवेदन प्राथमिकतामा राखेर सोही दिन सुनुवाइ गर्ने व्यवस्था सर्वोच्चले गरेको छ । तर दिउँसो १ बजेपछि दर्ता भएका बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनमाथि भने अर्को दिन सुनुवाइ हुनेछ । 

मुद्दा सुनुवाइका क्रममा भीडभाड हुनेतर्फ विशेष चनाखो हुँदै सर्वोच्चले मुद्दाका १/१ जना पक्ष र १/१ जना कानून व्यवसायी मात्र उपस्थित हुन भनेको छ । \"\"