🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजश्व सङ्कलनमा झण्डै १४ करोडको प्रगति

करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ । गत वर्षको तुलनामा रु १३ करोड ८४ लाख एक हजार बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको यस अवधिमा रु ३९ करोड २० लाख राजश्व सङ्कलन गरेको हो ।

 आन्तरिक कारोबारमा बढोत्तरी, करदाताको सङ्ख्यामा वृद्धि र कोरोना सङ्क्रमणका कारण गत वर्ष सङ्कलन नभएको कर यस वर्ष सङ्कलन भएका कारण प्रगति देखिएको हो ।
 

आव २०७६–७७ को सो अवधिमा रु २५ करोड, ३६ लाख, ६७ हजार राजश्व सङ्कलन भएको थियो । “गत वर्षको तुलनामा यस वर्ष राजश्व सङ्कलनमा प्रगति देखिएको छ”, करदाता सेवा कार्यालय लम्कीका प्रमुख सेतबहादुर शाही भन्छन्, “कोरानाका कारण आन्तरिक कारोबारमा बढोत्तरी भएको छ । यसका साथै करदाताको सङ्ख्यामा वृद्धि र गएको आर्थिक वर्षमा कोरोनाका कारण सङ्कलन नभएको कर यस आर्थिक वर्षमा सङ्कलन भएको छ । यसले राजश्व वृद्धिमा सघाएको छ ।”

कार्यालय प्रमुख शाहीकाअनुसार सबैभन्दा बढी आयकर शीर्षकबाट रु २० करोड ८७ लाख १ हजार राजश्व सङ्कलन भएको छ । मूल्य अभिवृद्धि कर शीर्षकमा रु १२ करोड ९९ लाख १३ हजार राजश्व सङ्कलन हुँदा अन्तः शुल्क शीर्षकमा रु तीन करोड ६८ लाख २० हजार जम्मा भएको छ ।

 उनले भने, “करले देश विकासमा सघाउने भएका कारण सबैलाई करको दायरामा आई कर तिर्न अनुरोध गरिरहेका छौँ । यस वर्ष लामो समयसम्म कर नतिरेका नागरिकलाई केही छुट दिएर कर तिर्नसमेत अनुरोध गरेका कारण राजश्व बढेको छ ।” सरकारले निश्चित वर्षको कर छुट गरेपछि लामो समयदेखि विविध कारणले कर नतिरेका नागरिक करको दायरामा आएका छन् ।