🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रौतहटको सरस्वती उच्च विद्यालयमा बह्मलुट, अख्तियारमा उजुरी

रौतहट । कानुनको उल्लंघन गरी जस्तोसुकै काम गरे पनि माथिसम्म पहुँच छ भने कसैको केही लाग्दो रहेनछ । पाँच दश हजार रुपैयाँ घुस लिएकालाई पक्राउ गरी भ्रष्टाचार मुद्दा लगाइन्छ । तर रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा लाखौं रुपियाँको अनियमितता हुँदासमेत कुनै निकायले कारबाही गरेको छैन । यहाँसम्म कि कारबाही गरी पाउँ भनेर दिएको उजुरी पनि रौतहट जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थन्किएर बसेको छ । 

\"No
शिक्षाको पवित्र मन्दिर मानिने यस विद्यालयको करिब ३८ रुपैयाँ हिनामिना भएको छ । विद्यालयको रकम हिनामिना भएको भन्दै स्थानीय अभिभावकहरु आन्दालेनमा उत्रेर विद्यालयमा तालाबन्दी गरेपछि विद्यालयको लेखापरीक्षण गरिएको थियो । लेखापरीक्षणका क्रममा तत्कालीन प्रधानाध्यापक नवीनकुमार पाण्डेउपर १० लाख ५३ हजार ४५५, तत्कालीन प्रअ रवीन्द्र झाउपर पाँच लाख, तत्कालीन लेखापाल उमेश्वरप्रसाद सिंहउपर १३ लाख ९८ हजार र लेखापाल कामेश्वर महतोउपर सात लाख ८४ हजार रुपैयाँ बेरुजु ठहर भइ असुलउपर गर्न प्रतिवेदन दिइएको थियो ।

लेखापरीक्षणको यस्तो प्रतिवेदन दिइएपछि विद्यालयले विगत तीन वर्षदेखि सम्बन्धित निकायहरुमा असुलउपरका लागि ताकेता गर्दै आइरहेको छ । रौतहट जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दा प्रजिअ इन्द्रदेव यादवले उजुरीकर्ता विद्यालयलाई नै धम्काएर हिसाब राफसाफ गर्न भन्दै आएका छन् । विद्यालयको लाखौ रकम उठाउन सहयोग गर्नुको सट्टा प्रजिअ यादवले रकम जम्मा नै नगरी सबैका बक्यौता राफसाफ गर्न र मिलान गरिदिन धम्की दिनथालेका छन् ।

त्यसविरुद्ध स्थानीय अभिभावकहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालमा पटकपटक उजुरी (पछिल्लो उजुरी मिति २०७७/१२/२२ सी–०२९१६१ दर्ता नम्बर) समेत दिएका छन् । तर अख्तियारले पनि कुनै कारबाही नगरी विद्यालयमा भएको लाखौंको बह्मलुटलाई छुट दिइरहेको छ । 

विद्यालयले बेरुजु रकम नबुझाएका कारण उल्लेखित मध्येका तत्कालीन लेखापाल सिंहको पेन्सनपट्टाका लागि सिफारिश गरेको छैन । सिंह सात वर्षअघि अवकाश पाइसके पनि उनको पेन्सन पट्टा बन्नसकेको छैन । विद्यालयले रकम जम्मा नगरी सिफारिश नदिने अडान लिएपछि उनी विभिन्न शक्तिकेन्द्र धाउँदै प्रजिअ र अख्तियारकै कर्मचारीमार्फत विद्यालयमा धक्याउने गरेका छन् ।

स्थानीय एक अभिभावक कृष्णगोपाल पाण्डेले भने–‘पहुँचवाला व्यक्तिको खल्तीमै कानुन हुँदो रहेछ, लाखौं रुपैयाँ हजम गर्दा पनि कुनै कारबाही भएको छैन, साना सानामा मान्छेलाई मात्रै कानुन लाग्दो रहेछ, रकम बुझाउनु त कता हो कता उल्टै हिसाब राफसाफ गर्न माथिका पदाधिकारीले धम्की दिने गरेका छन् ।’

अर्का अभिभावक रामकुमार सिंहको पनि भनाइ पनि उस्तै छ । उनले भने–‘आय स्रोतको अभावमा विद्यालयको हालत खराब हुँदैछ, यता विद्यालयको ३८ लाख रुपैयाँ तत्कालीन प्रअ, लेखापाल र शिक्षकले खाए, खै त कानुन कता छ, खोइ कारबाही भएको ।’