🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मजदुर बोकेको ट्याक्टर दुर्घटना, ५ को मृत्यु, १७ घाइते

चितवन । राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार थाकलटारबाट ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे खोलातर्फ जाँदै गरेको ना १ त ६३८२ नम्बरको ट्र्याक्टर आज साँझ ७ः३० बजे पुलबाट झण्डै २०० मिटर तल खसेको हो ।

घाइतेको उद्धार गरी अस्पताल ल्याइएकामध्ये पाँचको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । घाइतेको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये आठको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । 

घाइतेको सङ्ख्या थपिन सक्ने प्रहरीको अनुमान रहेको छ । मृतकको थप विवरण आउन बाँकी रहेको थापाले जानकारी दिए ।