🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारत अब यो पुरानो तरिका काम नलाग्ने निष्कर्षमा पुगेको छ  

(नेपालमा सरकार परिवर्तनको मौसम सुरु भएपछि नेपालबाट दक्षिण रिझाउन विगतमा हुने दौडधुप निकै नै रोचक हुने गरेको थियो । तर, यसपटक अलि फरक दृश्य देखिएको छ । विगतमा  सरकार निर्माणअघि नेताहरु आशीर्वाद थाप्न भारत जाने गरेकामा यसपटक भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वयं नेपाल आइपुगिन् । सरकार परिवर्तनका बेला भारतीय विदेशी मन्त्री सुष्मा स्वराज नेपाल किन आइन् ? के भारतले नेपालप्रतिको नीतिमा परिवर्तन गरेको हो ? नेपाल – भारत सम्बन्ध विज्ञ तथा परराष्ट्र मामलाका जानकार तथा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः सम्पादक)

0 भारतीय विदेश मन्त्री सुष्मा स्वराज आफ्नो २ दिने नेपाल भ्रमण सकाएर शुक्रबार नै स्वदेश फर्किसकेकी छन् । उनी स्वदेश फर्किए पनि भ्रमणमाथिको क्रिया–प्रतिक्रिया यथावत छ । यसलाई तपाईंले कसरी लिनुभएको छ ? 

-भारतीय विदेशमन्त्री सुष्मा स्वराज आकस्मिक रुपमा २०७४ माघ १८ गते  बिहीबार नेपाल भ्रमणमा आएर फर्केकी छिन् । पुराना तीता–मीठा कुरालाई बिर्सेर हुनेवाला प्रधानमन्त्रीसँग सुरुमै संवाद गरी दुई देशको सम्बन्धलाई अगाडि  बढाउने उद्देश्यस्वरुप यो भ्रमण भएको मैले बुझेको छु । 

0 यो भ्रमण गलत समयमा भयो भन्ने कुरा आइरहेको छ । कूटनीतिक चश्माले हेर्दा पनि यस्तै देखिन्छ कि अलि फरक ? 

– कूटनीतिमा नयाँ सरकार बन्नेबेला राजनीतिक भ्रमण गरिँदैन । सरकार बनिसकेपछि मात्रै भ्रमणहरु हुन्छन् । यसअर्थमा स्वराजको भ्रमण कूटनीतिक चलनभन्दा भिन्न किसिमले भएको राजनीतिक चरित्रको भ्रमण हो । अर्को शब्दमा यसलाई कूटनीतिक चरित्रको भन्दा पनि अनौपचारिक राजनीतिक चरित्रको भ्रमण हो भन्न सकिन्छ । 

कूटनीतिक परम्पराविपरीत यसरी यो भ्रमण हुनुको पछाडि भारतीय चाहनाले मात्रै काम गरेको ठान्नुहुन्छ कि सत्तारुढ हुनै लागेका एमालेलगायत दलको आकांक्षले पनि मलजल गरेर यो सम्भव भयो ? 

-हेर्नुस्, दुई पक्ष तयार नभई वार्ता र भेटवार्ता नै हुँदैन । सुष्माको नेपाल भ्रमण हुनुमा दुवै पक्षको चासो थियो भनेर बुझ्दा राम्रो हुन्छ ।
 

0 तैपनि बढी उत्सुकता चाहिँ कसको हो भनेर स्पष्ट हुन खोजेको ?  

-योभन्दा अघि–अघि सरकार फेरिन लाग्दा यहाँका नेताहरु धुइरो लागेर दिल्ली धाउँथे । तर यसपटक अलि फरक परिघटना हुनपुगेको छ । दिल्ली नेपालका नेताहरु धाएनन्, बरु उतैबाट विदेश मन्त्री आइन् । त्यसैले यो भ्रमण गर्ने आवश्यकता महसुस भारतबाटै बढी भएको देखिन्छ । एमालेका नेताहरु पनि भारतीय विदेशमन्त्रीलाई स्वागत गर्न तयार भएको देखियो । 

0 भारतले नेपालप्रति लामो समयदेखि कडा नीति लिँदै आएको थियो । यो भ्रमणलाई हेरेर भारत नेपालप्रति केही नरम हुँदैछ भन्ने विश्लेषण निकाल्नु वस्तुसंगत हुन्छ कि अलि हतारो हुन्छ ? 

– अब भारतले तरिका फेर्यो । उसले खुफिया एजेन्सी रिसर्च एनालाइसिस विङ ‘रअ’ का कर्मचारीमार्फत नेपालमा सुक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेन्ट) गर्दै आइरहेको कसैका सामु छिपेको छैन । तर भारत अब यो पुरानो तरिका काम नलाग्ने निष्कर्षमा पुगेको छ । भारतकै नेपाल विज्ञ एसडी मुनिका अनुसार यसपालिको विजय कम्युनिष्टको भन्दा पनि राष्ट्रवादको हो । चुनावी परिणममा कम्युनिष्ट नभएर राष्ट्रवाद विजयी भएपछि मोदीलाई नेपालप्रतिको नीति परिवर्तन गर्न चौतर्फी दबाब पर्दै गइरहेको परिस्थितिमा यो भ्रमण भएको हो । राजनीतिक तहमै संवाद गरेर भारतले नेपाल नीति परिवर्तन गर्न खोजेको देखिँदैछ ।  

0 नेपालमा वाम नेतृत्वमा सरकार बन्दै छ । यो नेतृत्व चीनसँग बढी आसक्त बनेको भारतलगायतको बुझाइ छ । कतिपयले चिनियाँ प्रभावलाई रोक्ने अभिप्राय पनि यो भ्रमणमा थियो भनेर भनेका छन्, सत्य के हो ?

 
-हो, पहिलेको तुलनामा चीनले नेपालमा सक्रियता बढाएको छ । दुई देशबीच नेपालमा को हाबी हुने भन्ने प्रतिष्पर्धा बढ्दै गएको छ । स्वभाकि रुपमा चिनियाँ प्रभावलाई न्यूनीकरण गर्ने कुरा पनि यो भ्रमणको उद्देश्य थियो । 

0 नेपालमा कम्युनिस्ट गठबन्धन बलियो बनेको छ । सरकारको चाबी पनि उनीहरुकै हातमा पर्दैछ । एमाले–माओवादी गठबन्धन भत्काउने मनसाय यो भ्रमणभित्र लुकेको थियो भन्नेहरु छन् । तपाईंले यो भ्रमणभित्र त्यस्तो गन्ध देख्नु भयो कि भएन ? 

– त्यसो होइन, यो भ्रमणले त कांग्रेसबाहेक सबै शक्तिको संयुक्त सरकार बन्ने सम्भावना बढाएको छ । मधेसवादी दलहरुलाई केन्द्रीय सरकारलाई पनि सहयोग गर्नू भनेर परामर्श दिएको बुझिन्छ । यहाँनिर कांग्रेसलाई भारतले किन रुचाएन भन्ने प्रश्न उठ्न सक्छ । वास्तवमा कांग्रेसले जनमत गुमाएको र राष्ट्रियताको अडानमा समेत अडिग नसकेकाले भारत कमजोर शक्तिलाई हाता लिएर अघि बढ्ने पक्षमा छैन । त्यसैले उसले नाकाबन्दी हुँदा समेत नाकाबन्दी भयो भनेर भन्न नसक्ने शक्तिलाई त्यागेर एमाले–माओवादी र मधेसवादी शक्तिलाई रोजेको हो । 

0 तपाईंको तात्पर्य भारत विगतको गल्तीबाट रियलाइजेसन गरेर कोर्ष करेक्सन गर्दैछ भन्ने हो ? 

– यो भ्रमणले मधेसवादी दललाई पनि गठबन्धनसँग नजिक हुन बल पु¥याएको छ । यस्तो किन पनि भएको छ भने भारत अब नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न हुँदैन भन्ने रियलाइजेसनमा पुगेको छ । नेपाली जनमतको सम्मान गरेर भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आएकी हुन् भनेर हामी सबैले बुझ्नुपर्छ । 

0 कतिपयले ओली भारततिर फर्किने आशंका पनि व्यक्त गरेका छन् । यस्तो सम्भावनाचाहिँ  कतिको देख्नुहुन्छ नि ? 

-नेपालका नेताहरुले भारत र चीन पक्षीय नभएर नेपाल पक्षीय हौं, दुवै सँग समनिकटता र सन्तुलनकै नीति अपनाउँछौं भनेर भन्दै आएका छन् । यसैले कतैतिर पनि नढल्किईकन सोझो उभिने प्रयास जारी छ । जनमतले पनि स्वाभिमानकै भावनालाई बल पु¥याएको छ । 

0 जुन उद्देश्य बोकेर स्वराज नेपाल भ्रमणमा आएकी थिइन्, उनको उद्देश्य कति पूरा भयो भनेर अहिले नै भन्न सकिन्छ कि केही समय प्रतीक्षा गर्नुपर्छ ?   

-निरन्तर र जागरुकताले नै स्वतन्त्राको ग्यारेन्टी  हुन्छ । एकै भ्रमणले सबै कुरा ठीक पार्न सक्छ भन्ने हुँदैन । तर सम्बन्ध सुधार्ने अनुकूलता भने यसले प्रदान गरेको छ । 

अब वाम गठबन्धनमा सरकार बन्दैछ । यसको विदेश नीति कस्तो हुनुपर्ला ?

-समनिकटता र सन्तुलनकै आधारमा कूटनीतिक सम्बन्ध विकास गर्नुपर्छ । कसैलाई काखा र कसैलाई पाखा पार्नेतिर भन्दा पनि सन्तुलनकै आधारमा सम्बन्ध विकास गर्नु राम्रो हुन्छ । 

0 प्रसंग बदलौं । नेपाल–भारत सीमामा बारबार विवाद भइराख्छ । केही समयअघि मात्रै वीरगञ्जमा सीमा विवाद देखियो । यस्तो किन भइराख्छ ? 

– देशमा जब–जब अस्थिरता हुन्छ, तबतब सीमामा भारतले किचलो गर्ने गरेको छ । यो भारतको पुरानै शैली हो । अन्य छिमेकी मुलुकसँग पनि उसले यस्तै गर्ने गरेको छ । बंगलादेशकै कुरा गरौं, भारतले त्यहाँ बाढी आएका बेला सीमा आफ्नोतिर पार्ने गरेको छ । योपटक पनि भारतले यस्तै गरेको छ । स्थायी सरकार बनेका बेला यसको सीमाको स्थायी समाधान खोज्नुपर्छ । नाकाबन्दीलाई नाकाबन्दी हो समेत भन्न नसक्ने सरकारका पालामा सीमा जस्तो संवेदनशील विषयलाई उठाउनु हुँदैन । 

स्थानीय सीमा मिचेको भन्ने तर सरकार मिचेको छैन भन्दैछ, यसको अर्थ के हो ? 

– सीमानाको कुरा पुराना कागपत्रका आधारमा निर्धारण गर्ने हो । तर पुरानोलाई नभई नयाँ नक्सालाई आधार बनाएर छानबिन भएको छ  । यो गलत छ । पुरानो नक्सालाई आधार बनाएर सीमानामा देखिएका विवादको समाधान निकाल्नुपर्छ ।