🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

देशकै अनुशासित भनिएको पार्टी, २ नम्बर प्रदेशमा मर्यादाहीन, छाडा

जनकपुरधाम, माघ २१ \\   प्रदेश २ को पहिलो बैठकमा प्रदेशसभामा उपस्थित प्रत्येक दलका एकएक नेताले सम्बोधन गरे ।

एमालेका भने दुई प्रदेशसभा सदस्यले सम्बोधन गरे । शुरुमा सत्यनारायण मण्डलले सम्बोधन गरेभने शत्रुघन महतोले जबर्जस्ति जिद्दी गरेकाले उनलाइ पनि समय दिइयो ।

एमाले प्रदेश संसदीय दलको बैठक आइतबार विहान जनकपुरधाममा बसेको थियो ।

संसदीय दलले पूर्वमन्त्रीसमेत रहेका सप्तरीका सांसद सत्यनारायण मण्डललाइ दलको तर्फबाट प्रदेशसभामा बोल्ने तय हुँदैथियो । मण्डल पार्टीको स्थायी कमिटीका सदस्यसमेत रहेका नेता हुन् ।

शत्रुघन महतोले आफूले नबोलिनछाड्ने एकोहोरो जिद्दी गरिरहेपछि प्रदेशसभामा बोल्न एमालेले पाउने १० मिनेट समयभित्रै पर्नेगरी ५/५ मिनेट दुबै नेताले प्रदेशसभालाई सम्वोधन गर्ने निर्णय भएको एमाले स्रोतले जानकारी दियो ।