🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बिरालोको हत्या गर्ने यी सिरियल किलर 

हामीले सिरियल किलरको धेरै घटनाहरू सुनेकै छौं । तर कोही यस्ता सिरियल किलर पनि छन् जसले विचित्रको अपराध गरेका छन् । केही वर्ष पहिले बेलायतमा विभिन्न भागमा बिरालोहरूको हत्या भएको थियो । यसरी हत्या हुनेमा पाल्तु जनावर बिरालो, उल्लु लगायत अन्य जीवहरू पनि रहेका थिए । यसमा सबैभन्दा बढी बिरालोको संख्या थियो । यी सिरियल किलरले बेलायतमा ४ सयभन्दा बढी बिरालो र अन्य जीव जन्तुहरूको क्रुरतापूर्वक हत्या गरी शव क्षत–विक्षत पारेका थिए । यस घटनाको सुरुवात सन् २०१४ मा दक्षिण लण्डनको क्रायडन शहरबाट भएको थियो ।

यसैकारण यस घटनालाई ‘मिडियाले क्रायडन क्याट सिरियल किलर’ को नाम दिइएको थियो । मानिसहरूले यस घटनालाई ‘एम–२५ क्याट किलर’ पनि भनेका छन् । क्रायडन शहरबाट सुरु भएको यस घटना पुरै लण्डनभरिनै फैलिएको थियो । प्रहरीले यस घटनाको अनुसन्धानलाई ‘ताकाहे’ नाम दिएका थियो ।  एकजना ३१ वर्षीय व्यक्तिलाई पक्राउ पनि ग¥यो । तर प्रमाण पर्याप्त नहुँदा उसलाई छाड्नु परेको थियो । 

करिब ३ वर्षको अनुसन्धान पछि सन् २०१८ म मेट्रोपोलिटन पुलिसले यस घटनालाई सडक दुर्घटना र जंगली जनावरको आतंक भनि घटना सामसुम पारेको थियो । तर प्रहरीहरू नै यो भनाईप्रति असहमत थिए र यस घटना पछाडि कसैको हात रहेको दाबी गरेका थिए । जनावरको चुपचाप हत्या गर्ने, भाग्ने यी सिरियल किलरको घटना अझै पनि बेलायतमा रहस्यमय बनेको छ ।