सुनसरी। ईटहरी उपमहानगरपालिका-२ बस्ने ५५ वर्षीय केशब कार्कीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय जिवन रेग्मीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पूरानो रिसईवीको कारण जिवनले केशबलाई फलामको खन्ति प्रहार गरी फरार भएको र घाईतेलाई उपचारको लागि धरान घोपा पठाएको भन्ने खबर प्राप्त हुनासाथ सामुदायिक प्रहरी बिट शान्तिझोडा र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले सोही उपमहानगरपालिका-२ स्थित कृषि फार्मबाट उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका केशवको उक्त अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



