🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल र बङ्गलादेश बिच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर

(बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँँग २०७७ चैत ९ गते ढाकास्थित होटेल कन्टिनेन्टलमा शिष्टाचार भेटवार्ता गर्दै बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना ।  तस्बिर : प्रकाश सिलवाल/रासस)

ढाका, १० चैत (रासस) । नेपाल र बङ्गलादेशबीच २०७७ चैत ९ गते दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमा  पर्यटन सहयोग, सरसफाइ,  सांंस्कृतिक आदानप्रदान र रोहनपुर –सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो । 

    समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार  उद्दिनले हस्ताक्षर गर्नुभएको थियो । 

    समझदारीपत्रमा हस्ताक्षरअघि दुई राष्ट्रपतिबीच राष्ट्रपति भवनमा भेटवार्ता भएको थियो ।