🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सामाजिक संजालमा अमेरिकी नागरिक हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने पक्राउ

ललितपुर। सामाजिक संजाल फेसबुक, वाट्स एप, ई-सेवा, आईएमई पे वालेट दुरुपयोग गरी आफू अमेरिकाको नागरिक भएको भन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-३ बस्ने सिरहा लाहान घर भएका २३ वर्षीय रन्जित यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल मार्फत विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी बिश्वास दिलाई पीडितहरुलाई बिभिन्न ईलोक्ट्रोनिक सामानहरु नेपालसम्म डेलिभरी गराई दिने प्रलोभनमा पारी रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न यादवलाई महानगरीय प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।