🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चोरी निकासी गरी लैजान लागेका बिभिन्न ब्राण्डका मदिरा सहित पक्राउ

मोरङ। जहदा गाउँपालिका-१ लंकाटोलबाट नेपालबाट भारततर्फ चोरी निकासी गरी लैजान लागेका बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित भारत मटियारी ग्राम पंचायत बस्ने ३२ वर्षीय शिव लाल रायलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका लंकाटोल बस्ने रमेश यादवको घरमा स्टोर गरी राखेका विभिन्न ब्राण्डका मदिरा शिव लालले नेपालबाट भारततर्फ लैजान गाडीहरुमा लोड गरी राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

उक्त स्थानबाट ३ सय मिलिग्रामको उंमग मदिरा ५७ काटुन, ३ सय मिलिग्रामको पलपल ४० काटुन, ३ सय मिलिग्रामको सोफीका ३७ काटुन, ३ सय मिलिग्रामको हरपल १ सय ५२ काटुन, ३ सय मिलिग्रामको खुल्ला १ हजार ९ सय ९५ बोतल मदिरा तथा डब्लुबी २० जेड १०८७ नम्बर प्लेटको भारतीय कार र ४ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।