काठमाडौँ, १८ माघ (रासस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १८ हजार घुस लिएको अभियोगमा महानगरीय प्रहरी प्रभाग दधिकोट भक्तपुरका प्रहरी जवान उमेशकुमार थापालाई आज पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार दुर्घटनासम्बन्धी उजुरी मिलाइदिने भन्दै प्रहरी जवान थापालाई सेवाग्राहीसँग ‘घुस मागिरहेको अवस्थामा’ थिमी–९ भाटभटेनीबाट पक्राउ गरिएको हो ।



