🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

६ जिल्लामा नेकपाको हटाएर एमालेको बोर्ड 

नेकपा एमाले पुनःस्थापित भएपछि कर्णालीका विभिन्न जिल्लामा नेकपाको नाममा रहेका कार्यालयका साइनबोर्ड हटाउन थालिएको छ । सुर्खेतसहित कर्णालीका दैलेख, कालीकोटलगायत जिल्लामा पनि नेकपाको नाम मेटाउँदै ‘नेकपा (एमाले)’का नाममा नामपाटी राख्न थालिएको हो । 

एमाले सुर्खेतले आजदेखि जिल्ला पार्टी कार्यालय सञ्चालन गरेको छ । वीरेन्द्रनगर–६ हटियालाइनस्थित ऋषि स्मृति भवनमा रहेको नेकपाको साइनबोर्ड हटाउँदै ‘नेकपा (एमाले) लेखिएको बोर्ड राखिएको हो । एमाले कार्यकर्ताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरसहित नामपाटी राखेका छन् । नेकपा नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र) को एकीकरणबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम खारेज गरेपछि यी दुई पार्टी ब्यूँताएका हुन् ।

 पार्टी कार्यालय सञ्चालनपछि एमाले कार्यकर्ताले नाचगान गर्दै खुसीयाली मनाएका थिए । 

नेकपा दाहाल–नेपाल समूहमा रहेका तत्कालीन एमालेका पार्टी सचिव मोहन बडुवालले पुराना तिक्तता बिर्सिएर पुनः सङ्गठन निर्माणमा जोड दिनुपर्ने बताए । पार्टीलाई थप एकताबद्ध गराउन छिट्टै जिल्ला कमिटीको बैठक राख्ने उनको भनाइ छ । एमाले पुनःस्थापित भएपछि बडुवाल एमाले सचिवको हैसियतमा कामकाज थालनी गरेका छन् । त्यस्तै, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख एवं अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य मोहनमाया ढकालले विगतका मनमुटाव बिर्सेर पार्टी पुनःनिर्माणमा लाग्नुको विकल्प नभएको विचार व्यक्त गरिन् । 

हुम्लाको सदरमुकाम सिमकोटमा तीन वर्षपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । जिल्लामा उपलब्ध नेकपाका एमालेका नेता तथा कार्यकर्ताको उपस्थितमा आज एक कार्यक्रमका बीच पार्टी कार्यालयको स्थानपनासँगै बोर्ड राखिएको छ । 
   

सचिवालय सदस्य तथा जिल्ला कमिटीका सदस्य नरबहादुर रोकायाको सभापतित्वमा र नेकपा एमालेका पूर्वजिल्ला कमिटी सदस्य डबल रावतको प्रमुख आथित्तमा पार्टी कार्यालयको पुनःस्थापना गरिएको हो । सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूँताएपछि नेकपा एमाले जिल्ला कमिटी हुम्लाको कार्यालय पुनःस्थापना गरिएको सचिवालय सदस्य बुध भण्डारीले जानकारी दिए । आजै भएको पार्टी पुनःस्थापना कार्यक्रममा एमालेका पूर्व तथा अहिलेका जिल्ला कमिटी सदस्यसहित कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो । 

पुनःस्थापित एमालेका नेता कार्यकर्ताले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेका छन् । सदरमुकाम चैनपुर पानकोटस्थित पार्टी कार्यालयमा टाँसिएको नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाएर एमालेको नयाँ बोर्ड राखिएको विद्यार्थी नेता पुष्पलाल रोकायाले जानकारी दिए । 

एमालेका अध्यक्ष दिलबहादुर सिंहको नेतृत्वमा गएको टोलीले नेकपा लेखिएको साइनबोर्ड हटाएर नयाँ टाँसेका छन् । अदालतको फैसलाको समर्थनमा अनेरास्ववियुले बुंगल नगरपालिकालगायत ठाउँमा दीपप्रज्वलनसमेत गरेको र तेस्रो दिन पार्टी कार्यालयमा बोर्ड टाँसेको हो । नेकपा एमाले र माओवादी केन्द्र एकता हुनुपूर्व यो भवनमा एमालेकै पार्टी कार्यालय थियो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीको सिलगढीस्थित पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साइनबोर्ड फेरेर आज एमालेको बोर्ड राखिएको हो । 

सो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि एमालेकै थियो । नेकपा एकीकरणपछि सोही भवनमा कार्यालय सञ्चालन हुँदै आएको थियो । आजैदेखि कार्यालय पनि सञ्चालनमा आउने एमालेका जिल्ला कमिटी सदस्य रामबहादुर ऐरले बताए । 

ताप्लेजुङमा यसअघि स्थापित नेकपाको कार्यालयमा एमालेको बोर्ड राखिएको छ । ओलीले प्रतिनिधिसभमा विघटनको निर्णय गरेपछि दाहाल– नेपाल समूहका नेता कार्यकर्ताले पहिलेकै पार्टी कार्यालय प्रयोगमा ल्याएका थिए भने ओली निकट समूहले छुट्टै कार्यालयको स्थापना गरेको थियो ।