🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ब्राजिलका पूर्वराष्ट्रपति लुलालाई भ्रष्टाचारको दोषबाट सफाइ

रियो दि जेनेरियो, २५ फागुन (रासस/सिन्ह्वा) : ब्रजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डे सिल्भाविरूद्ध भ्रष्टाचार आरोपमा परेको मुद्दामा सर्वोच्च अदालतले सफाई दिएको छ ।

ब्राजिलको उच्च न्यायालयका एक न्यायाधीशले सफाइ दिएपछि पूर्व राष्ट्रपति लुलाको राजनीतिक अधिकार पुनः स्थापित बनेको छ । 

उहाँले अदालतबाट सफाई पाएपछि आगामी निर्वाचनमा उहाँले वर्तमान् राष्ट्रपति जेइर बोल्सोनारोविरुद्ध प्रतिस्पर्धा गर्न पाउनुहुनेछ । 

वामपन्थी नेता लुलालाई सन् २०१९ मा १८ महिना कैदपछि रिहा गरिएको थियो ।

ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशको फैसलाले लुलाविरुद्धका यसअघिका प्रमाणित आपराधिक दोष रद्द गरिदिनुभएको हो । 

पूर्वराष्ट्रपति लुलालाई ‘अपरेशन कार वाश’ नामक घुसकाण्डको अनुसन्धानपश्चात् दोषी ठहर गरिएको थियो । त्यसमा अन्य नेता तथा व्यापारीहरू पनि परेका थिए । तर न्यायाधीश एड्सन फाकिनले ती दोषबाट उहाँलाई सफाइ दिनुभएको हो । 

उहाँलाई दोषी ठहर गरेको दक्षिणी सहर कुरिचीबाको अदालतलाई ती चारवटा मुद्दा हेर्ने अधिकार नभएको भन्दै न्यायाधीश फाकिनले अब तिनको सुनुवाइ राजधानी ब्रजिलियास्थित सङ्घीय अदालतमा हुने फैसला गर्नुभएको छ ।

सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका लुलालाई सन् २०१८ मा दोषी ठहर गरिएको थियो । फैसलापछि एक विज्ञप्ति जारी गर्दै लुलाले आफू सधैँ सही रहेको प्रमाण अदालतले दिएको फैसला भएको दावी गर्नुभयो । 

यसैगरी ब्राजिलका वर्तमान राष्ट्रपति बोल्सोनारोले ब्राजिलियालीहरूले लुलालाई फेरि उम्मेदवारका रूपमा हेर्न नचाहेको प्रतिक्रिया दिनुभएको छ ।