🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतको बजेट अधिवेशन सोमबारदेखि सुरु हुने

नयाँ दिल्ली। भारतमा सोमबारदेखि दोस्रो चरणको बजेट अधिवेशन सुरु हुने भएको छ । अधिवेशनमा आर्थिक विधेयकसँगै कर सम्बन्धी प्रस्तावहरु पनि पेस गरिने अधिकारीहरुले जानकारी दिएका छन् । 

सरकारले त्यस बाहेक अन्य केही महत्वपूर्ण र नियमित प्रस्तावहरु पनि संसद बैठकमा पेस गर्ने तयारी गरेको छ । बजेट भने गत फेब्रुअरी १ तारिखमा संसदमा टेबुल भएको थियो । 

पश्चिम बंगाल, तमिल नाडु, आसाम, केरला र पोन्डीचरीमा विधानसभाको निर्वाचन हुन लागेकाले यो संसद अधिवेशनलाई दलहरुले निर्वाचन लक्षित हुनेगरी उपयोग गर्ने तयारी गरेका छन् । ती प्रदेशहरुमा यही मार्चदेखि अप्रिलसम्म निर्वाचन हुने तय भएको छ ।   

सोमबार सुरु हुने दोस्रो चरणको बजेट अधिवेशन आगामी अप्रिल ८ मा सक्ने योजना रहेको छ । पहिलो चरणको बैठक गत जनवरी २९ देखि सुरु भएको थियो । पहिलो दिन केन्द्रीय दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्नुभएको थियो । 

भारतमा केन्द्रीय संसदले बनाएको कृषि सम्बन्धी तीन ओटा कानुनलाई लिएर किसानहरुले लामो समयदेखि देशव्यापी आन्दोलन गर्दै आएका छन् । यही विधेयकका कारण पहिलो चरणको बजेट अधिवेशन प्रभावित भएको थियो । संसदमा प्रतिनिधित्व गर्ने भारतीय राष्ट्रिय कंग्रेस समेत २० भन्दा बढी दलले सरकारले ल्याएको कृषि विधेयकको विरोधसँगै संसद बैठक बहिस्कार गरेका थिए ।पिटिआई/ फाेटाेः एजेन्सी