🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिमेन्ट जफत गर्दा भिडन्त, स्थानीयवासी नै जाइलागे प्रहरीसंग

रौतहट, १८ माघ, रौतहट जिल्लाको बंकुलबजारको नजिक भारतबाट अवैध रुपमा ल्याइरहेको सिमेन्ट प्रहरी चौकी, बंकुलले जफत गर्दा स्थानीयवासी र प्रहरीबीच तनाव सिर्जना भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप टोली आएपछि स्थानीयवासीले प्रहरीमाथि ढुंगामुढा गर्दा प्रहरीले तीन राउण्ड हवाई फायर तथा लाठी चार्ज गरेपछि तितर बितर भएको थियो ।

जफत गरिएको ४० बोरा सिमेन्ट आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय, कोपवा, पिपरियाका प्रहरी नायब निरीक्षक अरुण सिंहले जानकारी गराए ।

लाठी चार्जमा बौधिमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुसवाह सख्त घाइते भएपछि नजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थनीयवासी प्रदीप यादवले जानकारी गराए । रासस