🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फेशनै भयो “शहीद घोषणा” ! दोहोर्याई-दोहोर्याई शहीद–मजाक !!

काठमाडौं, माघ १८ ।    यिनीहरुलाइ पहिल्यै शहीद घोषणा गरिएको हो भनेर कर्मचारीले रेकर्ड देखाउँदा समेत् रेकर्ड पन्छाएर तिनै शहीदलाइ पुन “शहीद घोषणा” गरिएकोमा कर्मचारीहरु आश्चर्यचकित् भएका छन्।

कास्कीका कृष्णबहादुर गुरुङ, पूर्णबहादुर भुजेल चौधरी, पशुपति रानाभाट, चन्दबहादुर रानाभाट, स्याङ्जाका देवानसिंह राना, देवबहादुर खवास, बिष्णुबहादुर चन्द, मीनबहादुर बानिञा क्षेत्री, नेत्रबहादुर भण्डारी, रणबहादुर गुरुङ, सिन्धुपाल्चोकका कृष्णप्रसाद सापकोटा, दिलबहादुर दनुवार, हिक्मतबहादुर भण्डारी, छत्रबहादुर गिरी लगायतलाइ २०६७ असारमै नेपाल सरकारले बकायदा शहीद घोषणा गरेको थियो।

“शहीद घोषणा” होडबाजीको फेशन चलेको बेलामा तिनै शहीदलाइ शेरबहादुर देउवा नितृत्वको बर्तमान सरकारले यही माघ १२ गते तिनैलाइ पुन ‘शहीद घोषणा’ गरिदिए।

जथाभावि “शहीद घोषणा” गर्दा शहीदको खेति त फस्टाउला, तर शहीदलाइ ठट्टा-मजाकको बिषय बनाएकोमा चौतर्फी आलोचना भैरहेछ।