🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. रावल

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा मङ्गल रावललाई जिम्मेवारी दिएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्र वाग्लेको चारवर्षे पदावधि सकिएपछि सो पद आइतबारदेखि खाली भएको थियो । प्रतिष्ठान जुम्लाका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले डा रावललाई सोमबार निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिमा शिक्षाध्यक्ष र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको बताइएको छ । चार वर्ष अघिदेखि प्रतिष्ठानमा काम गर्दै आएका हुम्ला निवासी हाडजोर्नी विशेषज्ञ तथा एशोसिएट प्रोफेसर डा रावल डेढ वर्षदेखि अस्पताल निर्देशकका रूपमा कार्यरत छन् ।